अभिनेत्रीहरू नकारात्मक भूमिका गर्न रुचाउँदैनन् – पूजा




काठमाडौँ । अभिनेत्री पूजा शर्मा पछिल्लो समय फिल्म ‘उपहार’को कारण चर्चामा छिन् । आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा उनले पूजा नामकै चरित्र निर्वाह गरेकी छन् । चरित्रको नाम पूजा भए पनि चरित्रको स्वभाव आफ्नो भन्दा भिन्न रहेको उनी बताउँछिन् । फिल्म अभिनय समेत यस अघिको फिल्मको भन्दा भिन्न रहेको उनको भनाई छ ।

‘फिल्ममा म गाउँबाट सहर झरेकी एक सोझी केटीको छ’ , शर्माले भनिन् ‘काठमाडौँमा बाँच्न र पैसा कमाउनका त्यसले अनेक संघर्ष गर्नुपर्छ ।’ गाउँबाट काठमाडौँ आउने टिनयर्जसले अहिले जस्तो क्रियाकलाप गरिरहेका छन् । त्यही क्रियाकला फिल्ममा आफ्नो रहेको पूजा सुनाउँछिन् ।




‘पूजाको अनुभवमा अहिलेको समयमा विशेष युवापुस्ताको ध्यान नै कसरी पैसा कमाउने भन्ने मै छ । ‘उपहारमा पूजाले पनि जस्तो सुकै काम गरेर भए पनि पैसा कमाउनुपर्‍यो भन्ने सोच राख्छे’ फिल्मको चरित्र थप प्रस्ट पारिन् ।

पूजाका अनुसार उनीबाहेक धेरै अभिनेत्रीलाई ‘पूजा’ चरित्र निभाउन प्रस्ताव गरिएको थियो रे । तर अधिकांशले त्यो चरित्र निर्वाह गर्न चाहेनन् । अन्ततः त्यो चरित्र निभाउने जिम्मा पूजाकै काँधमा आइलाग्यो ।

‘अन्तिममा बेनिशालाई यो कथा सुनाउँदा उसले ‘दिदी यो कथा मलाई सुहाउँदैन’ भनेपछि मैले यो चरित्र निभाएँ ’ उनीले अगाडि भनिन् ‘खासमा बेनिशाको क्यारेक्टर मैले गर्न लागेको थिएँ । तर बेनिशाले ‘पूजा’को चरित्र नगर्ने भएपछि अन्ततः मैले नै निभाएँ ।’

पूजाका अनुभवमा मान्छेहरू फिल्ममा अभिनय गर्दा आफूलाई नकारात्मक भूमिकामा देखाउन चाहँदैनन् । त्यसकारण पनि अन्य अभिनेत्रीहरुले ‘पूजा’ चरित्रलाई अस्वीकार गरे ।

‘एउटा कलाकार भएपछि जुनसुकै चरित्र निभाउनुपर्छ । यो मेरो लागि नयाँ चिज हो भन्ने मलाई भयो । मैले चरित्रमा जोखिम नै मोलेको हो’,पूजा भन्छिन्, ‘तर मेरो अपोजिटमा शिशिर राणा हुनुहुन्छ भन्ने थाहा पाएपछि मलाई यो चरित्र निभाउन सहज भयो ।’ राणा आफ्ना लागि अभिभावक भएको उनेको धारणा छ ।

पूजाका लागि ‘पूजा’ चरित्र उत्तिकै चुनौतीपूर्ण पनि बनेको रहेछ । किनकि यो चरित्रमा उनीबाहेक कोही पनि अभिनेत्रीले काम गर्न चाहेका थिएनन् । ‘यस्तो चरित्र भएको मान्छे समाजमा धेरै देखेको छु । उनीहरूलाई यस्तो काम नगर भनेर सल्लाह पनि दिने गरेकी छु’, उनी भन्छिन् ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्म ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।



सम्बन्धित
Loading...