‘मुन्द्रेको कमेडी क्लब’ बन्द




काठमाडौँ, २२ फागुन । कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रसारण बन्द भएको छ ।

कार्यक्रमका सञ्चालक तथा कलाकार जितु नेपालका अनुसार शो प्रसारण गर्दै आएको टेलिभिजनले गरेको समय परिवर्तन लगायत विभिन्न कारणले शो बन्द गर्नु परेको हो ।




समय सापेक्ष र अन्य कुनै नौलो कार्यक्रम ल्याउन शो बन्द गरेको उनको भनाइ छ । शो ३ सिजनसहित गरेर १८४ भाग प्रसारण भएको छ ।

शोको पहिलो सिजनमा दीपाश्री निरौला, दोस्रो सिजनमा करिश्मा मानन्धर र तेस्रो सिजनमा प्रियंका कार्की अध्यक्ष रहेका थिए ।



सम्बन्धित
Loading...