नायिका पूजाप्रति गायिका समीक्षाको कटाक्ष ‘बहुरुपी औरत’




काठमाडौँ । गायिका समीक्षा अधिकारीले ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकी छन् । उनले पूजाको नाम उल्लेख नगरी उनीमाथि प्रहार गरेकी हुन् ।

‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेऊ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ पर्‍यौ,’ उनले सामाजिक संजालमा लेखेकी छन्,‘आज फेरि आफ्नो फाइदाका लागि उतैतिर चाकडी गर्दै रहेछौ ।’ उनले बहुरूपी औरत भन्दै आफ्नो पोष्ट अन्त्य गरेकी छन् ।




फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला फिल्म चलाउन पूजा रोएको थिइन् । त्यसपछि उनी समीक्षासँग निकट पनि देखिएकी थिइन् । निकट भएको सामाजिक सञ्जालमा उनका पोस्टबाट देखिएको थियो । पछिल्लो समय अभिनेता पल शाह र पूजा फिल्म ‘रामायण’मा सहकार्य गर्ने चर्चा छ । पल र पूजाको पछिल्लो निकटतालाई लिएर उनले यो पोष्ट गरेकी हुन् ।

कृष्ण कँडेलविरुद्ध दर्ता भएको मुद्दा फिर्ता

काठमाडौँ । लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा दर्ता भएको मुद्दा फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतमा कँडेलविरुद्ध मुद्दा दर्ता गर्ने पीडित महिलाले नै फिर्ता गरेको श्रोतले बताएको छ ।

इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रूपमा काम गर्ने एक महिलाले आफूमाथि पटक–पटक जबरजस्ती करणीको प्रयास भएको भन्दै कँडेलविरुद्ध फागुन १३ गते आइतबार मुद्दा दर्ता गराएकी हुन् । आफूलाई पटक पटक करणीको प्रयास गरिएको र महिलाकै कोठामा समेत पुगेर करणीको प्रयास भएको भन्दै ती महिलाले हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गर्दै कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी थिइन् ।

अहिले भने ती पीडित महिलाले कँडेलसँग आफ्नो कुरो मिलेको भन्दै मुद्दा फिर्ता लिएकी हुन् । पीडित महिलाले आफू विरुद्धको मुद्दा फिर्ता लिएपछि गायक कँडेलले पनि ती महिलाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता गराएको गाली बेइज्जतीको मुद्दा समेत फिर्ता लिइएको बताइन्छ ।



सम्बन्धित
Loading...