विमा रकम हस्तान्तरण 




कावासोती । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बीमा दाबी रकम भुक्तानी गरेको छ ।

कम्पनीले विहीवार नवलपुर जिल्लाको हुप्सेकोट ६ निवासी दल वहादुर वंशी ठकुरीको परिवारलाई जीवन बीमा वाफतको २ लाख ५७ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।




वंशी ठकुरीको श्रीमतीलाई श्रीमानको मृत्यु दावी वाफतको रकम कम्पनीका कावासोती शाखाका शाखा प्रमुख भानुभक्त पौडेल, शाखाका कर्मचारीहरु सावित्री रेग्मी, रेमु थापा, एजेन्सी म्यानेजर पिताम्वर गाहा, ताराप्रसाद महत्तो, अभीकर्ता लक्ष्मी वस्नेत स्थानीय लगायतको संयुक्त उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो ।

सशस्त्र प्रहरी बल ३१ नं. गुल्ममा कार्यरत वंशी ठकुरीको गत पुस ८ गते उपचारको क्रममा निधन भएको थियो ।

उनले गत वर्ष एजेन्सी म्यानेजर पिताम्वर गाहा मार्फत २ लाख ५० हजारको जीवन बीमा गराएका थिए ।



सम्बन्धित
Loading...