नवलपुरमा करेन्ट लागेर एक जनाको निधन, दुर्घटनामा एक जना घाइते




रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा करेन्ट लागेर एक जना महिलाको निधन भएको छ । नवलपुर प्रहरीका अनुसार कावासोती १४ झोजाड टाँडी बस्ने ४५ बर्षीय मिना गुरौको करेन्ट लागेर निधन भएको हो ।

घर नजिकै खेतमा सिचाईको बोरिङको मोटरमा लाइन जोडेर चलाउने क्रममा अचानक करेन्ट लागेको हो ।




करेन्ट लागेर घाइते भएकी मिना गुरौको उपचारको क्रममा हिजाृे साँझ मध्यविन्दु जिल्ला अस्पताल डण्डामा निधन भएको हो । मृतकको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ ।

सवारी दुर्घटना

कावासोती १६ कोटटाँडी जंगलमा मोटरसाइकल दुर्घटना हुँदा १ जना घाइते भएका छन् । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गमा अरुणखोलाबाट डण्डातर्फ आउदै गरेको ना १६ प २४६३ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाइ दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मध्यविन्दु १५ निवासी ५५ बर्षीय भिमबहादुर थारु घाइते भएका हुन् ।

उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।



सम्बन्धित
Loading...