श्रीमतीको लठ्ठी प्रहारबाट श्रीमानको मृत्यु




काभ्रे २६ फागुन २०८० । काभ्रे जिल्लाको नमोबुद्ध-५ कानपुरमा श्रीमतीको लठ्ठी प्रहारबाट श्रीमानको मृत्यु भएको छ । मृतकका श्रीमतीले मादकपदार्थ सेवन गरी श्रीमानको टाउँकोमा लठ्ठी प्रहार गरी हत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार करिब ९ः३० बजेको समयमा नमोबुद्ध-५ कानपुरकी ४० बर्षीय कमला परियारले श्रीमान ५९ बर्षीय धनबिर दमाईलाई हत्या गरेको हो ।




परियारले मादक पदार्थ सेवन गरी दमाईलाई निगालेको लठ्ठीले टाउँकोमा प्रहार गरेकी थिईन् । लठ्ठीको प्रहारबाट दमाईको मृत्यु भएको प्रहरीले जानकारी दिए ।

प्रहरीले घटनास्थल सुरक्षित राखिएको र निज कमला परियारलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएका छन् ।



सम्बन्धित
Loading...