‘काँडेतार’ रोक्नु परेको विषयमा नवलको संयुक्त कार्यदलमा उजुरी




काठमाडौँ । फिल्म ‘काँडेतार’का निर्देशक तथा निर्माता नवल खड्काले आफ्नो फिल्म ‘काँडेतार’को प्रदर्शन रोक्नु परेको विषयमा चलचित्र संघ र चलचित्र निर्माता संघको संयुक्त कार्यदललाई उजुरी दिएका छन् ।

आइतबार एकपत्र लेख्दै निर्माता संघ र चलचित्र संघबिच विगतमा भएको सम्झौताको विषयमा समेत प्रश्न उठाएका उनले आफ्नो फिल्मको राम्रो अकुपेन्सी हुँदाहुँदै किनारा लगाउने रणनीति प्रदर्शकहरूले अपनाएको आरोप लगाएका छन् ।




सिनेमालाई किनारा लगाउने रणनीति अपनाउनु भएका प्रदर्शक साथीहरू तपाईंहरूले यसको जवाफ दिनैपर्छ कि के कति कारणले काँडेतरलाई पाखा लगाउने काम गर्नुभयो ?,’ उनले निवेदनमा भनेका छन् ।

उनले काँडेतारलाई सम्मानजनक र प्राइम समय उपलब्ध नगराउन्जेल चलचित्रको प्रदर्शन रोक्ने निर्णय लिएको समेत बताएका छन् ।



सम्बन्धित
Loading...