उदयपुरमा भीरबाट जिप खस्दा ६ जनाको मृत्यु




१ चैत, विराटनगर । उदयपुरको बेलका नगरपालिका– ७ मा भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार घटनास्थलमा नै ६ जनाको शव भेटिएको छ ।




भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

घटनास्थलमा रहेका स्थानीय मिलन राईका ७ जनालाई उद्दार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

सवारी दुर्घटनामा २ जनाको मृत्यु

सिरहा र कैलालीमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सिरहाको नरहा गाउँपालिका-५ स्थित सडकमा अन टेस्ट लेखिएको ट्याक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक विष्णुपुर गाउँपालिका-१ बस्ने २१ वर्षीय अरुण यादवको घटनास्थलमै मृत्यु भएको हो ।

यता कैलाली, गोदावरी नगरपालिका-१ स्थित सडकमा से.१ च १५३९ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने ७० वर्षीय वासुदेव खरेलको बुधबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...