आगलागीबाट घाइते हेमन्तीकाे सुर्खेतमा मृत्यु




कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका- ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा लागेको आगाेमा परी घाइते भएकी १२ वर्षीया हेमन्ती चौलागाईंकाे उपचारको क्रममा मृत्यु भएको छ।

उनको प्रदेश अस्पतालकाे आईस्युमा उपचाररत उनको मृत्यु भएको हाे। खाँडाचक्र-५ ढाड गाउँका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छाेरी हेमन्ती चौलागाईं शुक्रबार अाफ्ना बाख्रा जले–नजलेको हेर्दै आगो निभाउने क्रममा उनीहरुलाई आगोले बाबू छाेरि जलेका थिए ।




आगोले जलेर ४३ बाख्रा मरेका छन् । भने १० वटा बाख्रा घाइते भएका छन् ।
शरीर जलेर घाइते बाबु-छोरीलाई उपचारका लागि जिल्ला अस्पताल मान्म ल्याइएको थियोे, यहाँ उपचार हुन नसक्ने भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला रिफरगरेका थिए ।

आईतवार जुम्लामा पनि उपचार सम्भव नभए पिछ सुर्खेत लगिएको थियो । हेमन्तीकाे ७० प्रतिशत शरीर जलेको अवस्थामा रहेको चिकित्सकले बताएका छन् ।

अहिले उनका बुवाकाे सुर्खेतमै उपचार भईरहेकाे छ। साेमवार घाइते परिवारलाई खाडाचक्र नगरपालिकाले ३ लाख ८० हजार आर्थिक सहयोग स्वरुप चेक हस्तान्तरणगर्ने भएको छ।

त्यसैगरी भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको हो ।



सम्बन्धित
Loading...