नवलपुरमा अटो दुर्घटना, १ जनाको निधन २ जना घाइते




रामकुमार श्रेष्ठ –

नवलपरासी । पूर्वी नवलपरासीमा अटो दुर्घटना हुँदा १ जनाको निधन भएको छ भने २ जना घाइते भएका छन् ।




जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मध्यविन्दु नगरपालिका ११ कोटथर गरगरे स्थित भित्री सडक खण्ड दमाबाट अरुणखोला आउँदै गरेको ग. प्र. ०४–००१ ह ००४ नम्बरको अटो चालकले नियन्त्रण गुमाई पल्टन जाँदा अटो दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मध्यविन्दु १२ निवासी ७० बर्षीय भुपलाल अर्यालको निधन भएको छ । दुर्घटनामा परी गम्भीर घाइते अर्यालको उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।

त्यसैगरी दुर्घटनामा परी मध्यविन्दु १० निवासी ७६ बर्षीय टिकादेवी काफ्ले, मध्यविन्दु १२ निवासी ७० बर्षीय तोयनाथ पोख्रेल घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ ।

अटो चालक प्रहरी निणन्त्रणमा रहेको छ । निधन भएका भुपलाल अर्यालय एमाले नवलपुरका जिल्ला कमिटी सदस्य हुन् । उनी नयाँ बेलहानी गाविसका पुर्व गाविस अध्यक्ष समेत हुन् ।



सम्बन्धित
Loading...