नवलपुरमा माेटरसाईकल दुर्घटना १ जनाकाे निधन, २ जना घाईते


सांकेतिक तस्वीर


रामकुमार श्रेष्ठ –
नवलपरासी – पूर्वी नवलपरासीमा गएराति भएकाे माेटर साईकल दुर्घटनामा परी १ जनाकाे निधन भएकाे छ भने २ जना घाईते भएका छन् ।

राति १ बजेतिर मध्यविन्दु ११ दमार चाेक स्थित भित्री सडक खण्डमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु ७६ प १६२१ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई माेटरसाईकल दुर्घटना भएकाे हाे ।




नवलपुर प्रहरीका अनुसार दुर्घटनामा परी घाइते माेटरसाईकल पछाडि सवार मध्यबिन्दु नगरपालिका ११ बस्ने ३० बर्षीय अनिल बिक उपचारको क्रममा गएराति निधन भएकाे हाे ।

त्यसैगरी दुर्घटनामा परी मध्यविन्दु ११ निवासी २५ बर्षीय अझै ठकुरी र माेटरसाईकल चालक २८ बर्षीय कृष्णबहादुर बिक घाईते भएका छन् । उनीहरूकाे मध्यविन्दु अस्पतालमा उपचार भईरहेकाे छ ।



सम्बन्धित
Loading...