आगलागी हुँदा जलेर गम्भीर घाइते बाबु छोरीको मृत्यु

सुर्खेत, चैत ८-
आगोमा जलेर घाइते भएका बाबु छोराको मृत्यु भएको छ ।
कालीकोटको खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते भएको बाबु छोरीको उपचारका क्रममा मृत्यु भएको हो ।
गाउँ नजिकैको सामुदायिक वनमा चैत २ गते बाख्रा चराउन जाँदा आगोमा जलेर ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्ती गम्भीर घाइते भएका थिए ।
उपचारको लागि गत शनिबार साँझ हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पतालमा सुर्खेत लगिएपनि सोमबार दिउँसो छोरीको र बुधबार बेलुका बुवाको मृत्यु भएको प्रदेश अस्पतालका अफिस सेक्रेटरी दिपक गिरीले जानकारी दिए ।