रास्वपाले घण्टी बजाउँदै सार्वजनिक गर्‍यो इलाम २ का उम्मेदवार




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको छ ।

उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेसहितका पार्टीका नेताहरू इलाम पुगेर मिलन लिम्बूलाई आगामी उपनिर्वाचनको उम्मेदवार घोषणा गरेका हुन् ।



रास्वपाले इलामको चोक बजारमा एक कार्यक्रम गरी पत्रकारिता पृष्ठभूमि रहेका लिम्बूको उम्मेदवारी सार्वजनिक गरेको हो ।

उम्मेदवारी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, उपसभापति स्वर्णिम वाग्ले, प्रतिनिधि सभा सदस्य तोसिमा कार्की, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायतको उपस्थिति थियो ।



सम्बन्धित
Loading...