वाग्मतीमा मन्त्रिपरिषद् विस्तार, एमालेका थपलिया बने आर्थिक मामिलामन्त्री
नयाँ गठबन्धन बनेसँगै वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।एमाले संसदीय दलका नेता जग्गनाथ थपलियालाई शनिबार मुख्यमन्त्री जम्कट्टेलले आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्री थपलियाले शनिबार साँझ प्रदेश प्रमुख यादव शर्मासमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
थपलियालाई दोस्रो पटक आर्थिक मामिला मन्त्रीको रुपमा शपथ गराएका हुन् । उनी प्रदेशको निर्वाचनपश्चात् एमाले–माओवादी गठबन्धन हुँदा आर्थिक मामिलामन्त्री भएका थिए । यो सँगै नयाँ गठबन्धनमा आजैबाट एमाले सरकारमा सहभागी भएको छ ।
यसअघि गत २६ पुस २०७९ मा पनि मुख्यमन्त्री जम्कट्टेलले थपलियालाई अर्थमन्त्री नियुक्त गरेका थिए ।