मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु




काठमाडौँ । काठमाडौँको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री एक वृद्धाको मृत्यु भएको छ । बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती वृद्धाको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो ।

उनको गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।




प्रहरीका अनुसार धादिङ घर भई हाल कालीमाटी बस्दै आएकी ७० बर्सिया लक्ष्मी तामाङको मृत्यु भएको हो ।

सडकमा पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



सम्बन्धित
Loading...