नवलपुरमा दुर्घटनामा १ जनाको निधन


file photo


रामकुमार श्रेष्ठ –
पूर्वी नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा परी १ जनाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको देवचुली नगरपालिका १६ टागिकोट स्थित भित्री सडक खण्डमा रजहरबाट फारमतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको निधन भएको हो ।




ग.प्र.०४–००१ प ४१४७ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई मोटरसाइकल सडकबाट बायाँ साईडको नालिमा खस्न जादाँ मोटरसाइकल चालक देवचुली २ दुम्कौली बस्ने बर्ष २४ को जोन महतोको निधन भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनको देवचुली नगर अस्पताल दुम्कौलीमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...