ट्याक्टर दुर्घटना, दुईको मृत्यु

बैतडी, चैत २३ गते । बैतडी-बझाङ जयपृथ्वी राजमार्गकाे झाैलेकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जयपृथ्वी राजमार्गको पाटन नगरपालिका–८, झौलेक नजिक से २ त ३६७८ नम्बरको ट्याक्टर दुर्घटनामा परि चालक राजेश चौधरी र स्थानीय मानसिंह बिष्टकाे मृत्यु भएको हो । दुर्घटनामा ज्यान गुमाउने मानसिंह बिष्ट अन्रपुर्ण राष्ट्रिय देैनिकका बैतडी समाचारदाता र स्थानीय रेडियाे सेभेन स्टारमा कार्यरत पत्रकार कृष्ण बिष्टका बुवा रहेको पाटन-८ का वडाध्यक्ष हरिष बिष्टले जानकारी दिए।
ट्याक्टर विहीबार राति दुर्घटना भएको थियाे । दुर्घटनाबारे स्थानीयीले शुक्रबार विहान प्रहरीलाई खबगरेका थिए । ईलाका प्रहरी कार्यालय पाटन र प्रहरी चाेैकी खाेडपेबाट प्रहरीकाे टाेली अहिले घटना स्थलमा पुगेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नन्दराज जाेशीले बताए। साघुराे घुम्तीमा दुरेघटना भएकाे र ट्याक्टर सडकबाट २ सय मिटर तल खसेकाे प्रहरीले बताएकाे छ।
मृतक दुबै जनाकाे शब भने सडकबाट ५० मिटर तल रहेकाे प्रहरी निरिक्षक जाेशीले बताए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेकाे उनले बताए ।