बसको ठक्करबाट डियुटीमा रहेका ट्राफिक प्रहरी जवानको मृत्यु




वीरगन्ज ,२४ चैत

बाराको जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा राति डियुटीमा खटिएका ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भएको छ ।




काठमाडौं बाट काकरभिट्टाको लागी हिडेको बाग्मती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चोकमा शुक्रबार राति सवा ११ बजे डियुटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई बसले ठक्कर दिएपछि उनको घटना स्थलमै मृत्यु भएको बाराका प्रहरी प्रबक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार रातिको समयमा चोकमा खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो ।

प्रहरी जवानलाई ठक्कर दिएको बसलाई नियन्त्रणमा लिएको छ भने मृतक यादवको शव वीरगन्जको नारायणी बयोध्या मेडिसिटी अस्पतालमा राखिएको उनले बताए ।

मृतक प्रहरी जवान यादव पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुर निवासी रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...