सुहाङ नेम्बाङले गराए उम्मेद्वारी दर्ता




वैशाख १५ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि इलाममा नेकपा एमालेले सुहाङ नेम्बाङको उम्मेद्वारी दर्ता गराएको छ।

माओवादीले अघि सारेका उम्मेद्वार धिरेन्द्र शर्मा प्रस्तावक र एमालेकै रवीन्द्र सुवेदी समर्थक रहेर नेम्बाङको उम्मेद्वारी दर्ता भएको हो।



‘समर्थक र प्रस्तावकहरुसहित हामीले भर्खरै उम्मेद्वारी दर्ता गरायौं’, एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले भने।

संविधानसभा अध्यक्षसमेत रहेका सो क्षेत्रका सांसद सुवाषचन्द्र नेम्बाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन हुन लागेको हो। एमालेले नेम्बाङकै छोरा सुहाङलाई उम्मेद्वारका रुपमा अघि सारेको छ। उनलाई माओवादीले पनि समर्थन गरेको छ।

सुहाङसहित इलाममा उम्मेद्वारी दर्ता गर्नेको संख्या पाँच पुगेको छ।

अहिलेसम्म सिके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदूर किसान पार्टीका श्यामकुमार दर्जी र मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट मनिकुमार लिम्बूले उम्मेद्वारी दर्ता गराएका छन्।

स्वतन्त्र उम्मेद्वार डाकप्रसाद गौतमले पनि उम्मेद्वारी दर्ता गराएका छन्।



सम्बन्धित
Loading...