सवारी दुर्घटनामा दुई जनाको मृत्यु




विराटनगर । मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैचा नगरपलिका-१० बाघझोडास्थित सडकमा को.१ ख ५७३६ नम्बरको टिपरले को.२७ प २५३६ नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ बेलबारी नगरपालिका-९ बनोल बस्ने ३२ वर्षीय प्रेम खवासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।




यता सुनसरीको गढी गाउँपालिका-२ झोडा पिपल चोकस्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ७३ वर्षीया भुलकुन देवी यादवको शनिबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर र चालकको प्रहरीले खोजी गरिरहेको दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...