कलंकीस्थित भाटभटेनीको आगलागी नियन्त्रणमा




काठमाडौँ । राजधानीको कलंकीस्थित भाटभटेनीमा भएको आगलागी नियन्त्रणमा आएको छ । शुक्रबार साँझ भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको थियो भने केही समयपछि आगो निभाउन सकिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।



उनका अनुसार आगलागीबाट जेनेरेटरमा क्षति पुगेको छ भने त्यस आसपासका क्षेत्रमा पनि केही क्षति पुगेको छ । समयमा आगो निभाउन सक्दा थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।


सम्बन्धित
Loading...