कपिलवस्तुमा हत्या अवस्थामा एक पुरुषको शव फेला




डिलाराम भुसाल –
कपिलबस्तु ७ वैशाख –

कपिलवस्तुमा एक पुरुषको अपहरण पश्चात् हत्या भएको बताएको छ ।
जिल्लाको मायादेवी गाउँपालिका २ अभिरावस्थित मदरसाको कोठाभित्र हत्या गरी बाँधेर फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।




अभिरावस्थित एक मदरसामा हातखुट्टा बाँधेर कुटपिट गरी हत्या गरिएको अवस्थामा उनको शव शुक्रबार बिहान फेला परेको बताएको छ ।

मोटरसाइकलमा आएका तीन जनाको समूहले भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ बर्षीय जमाल अहमदको अपहरण पश्चात हत्या भएको जनाइएको छ ।

शंका लागेर नियन्त्रणमा लिइएका तीन जनाको समूह नै हत्यामा संलग्न रहेको पाइएको प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले बताएका छन्। घटनाको बारेमा थप अनुसन्धान भैरहेको वलीले बताएका छन्।



सम्बन्धित
Loading...