नवलपुरको मकै बारीमा जङ्गली बँदेल आतंक





गर्मी बढेसँगै पूर्वी नवलपरासीको निकुञ्ज आसपासका ठाउँमा किसानले लगाएका मकै बालीमा जङ्गली बँदेल पसेर खान थालेपछि स्थानीयमा त्रास बढेको छ ।

केही दिनदेखि चितवन राष्ट्रिय निकुञ्जबाट निस्केका जङ्गली बँदेलले, देवचुली र मध्यबिन्दु नगरपालिकाका धेरै क्षेत्रमा किसानले लगाएको मकै बालीमा पसेर बाली खानेदेखि भाँचिदिने गरेकाले यो पटकको बाली नै भित्र्याउन नपाइने चिन्ताले किसानलाई पिरोलेको मध्यबिन्दु नगरपालिका–३ का सुवास नेपालले बताए।


विशेष गरी जङ्गली बँदेल गर्मीयाममा निकुञ्जको जङ्गलबाट बाहिर निस्कने र किसानले लगाएको मकै बाली नष्ट गर्ने मात्र नभई होइन मानिसकै ज्यानसमेत खतरामा पर्ने भएकाले सतर्कता अपनाउनुपर्ने पिठौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बद्री पौडेलले बताए। जङ्गली बँदेल निकै ठुलो हुने भएकाले त्यसले आक्रमणसमेत गर्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने मध्यबिन्दुण्–२ का स्थानीयले गुनासो गरेका छन् ।

जङ्गली बँदेलले मध्यबिन्दु २, ३ र ४ मा किसानले लगाएको २० बिघा क्षेत्रफलामा नष्ट पारेको संरक्षणकर्मी तिलक थापाले बताए ।



सम्बन्धित
Loading...