टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
९ बैशाख । मकवानपुरको हेटौंडामा टिपरको ठक्करबाट घाइते भएका एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकावडा नम्बर ११ थानाभर्याङ बस्ने ५५ बर्षका भिम बहादुर बिडारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार शनिवार साँझ टिपरको ठक्करबाट घाइते भएका बिडारीलाई हेटौँडा अस्पतालमा उपचारका लागी भर्ना गरिएको थियो । थप उपचारका लागी हेटौँडा ११ स्थित चुरेहिल अस्पताल हुँदै चितवनको भरतपुर स्थित नयां मेडिकल कलेजमा पुर्याइएका बिडारीको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
शनिवार साँझ हेटौँडा १० स्थित बसपार्क पिपलबोटमा बसपार्कबाट कर्रातर्फ जादै गरेको प्र.२–०३–००१ ख ६८५४ नं. टिफरले बिडारीले चलाएको बा.प्र.०३–००५ प ३५११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट दाँया हात र शरिरका विभिन्न भागमा चोल लागेका बिडारीको उपचारको क्रममा मृत्यु भएको हो । मृतक बिडारीको शव पोष्टमार्टमको लागी चितवन स्थित सरकारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।