नवलपुरमा हतियार सहित १ जना पक्राउ

रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा हतियार सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज दिउँसो विनयी त्रिवेणी गाउँपालिका ३ सर्दीबाट तेबहादुर चिढीमगरलाई लोड गरेको अवस्थामा रहेको १ थान भरुवा बन्दुक सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय दुम्किबासले मगरलाई उनकै घरमा हतियार लुकाई राखेको अवस्थामा भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेको मगरलाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा थप अनुसन्धानका लागि ल्याइएको छ ।