नवलपुरमा हातहतियार नविकरण गर्न ३५ दिने सूचना




नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले आज एक सूचना जारी गरी ३५ दिन भित्र जिल्ला भित्र रहेका हातहतियार नविकरण गर्न सूचना जारी गरेको छ ।

विभिन्न मितिमा नवलपुर भित्र हातहतियारको इजाजत लिएको र हाल सम्म नविकरण गरेको जिल्ला प्रशासन कार्यालय नवलपुरमा अभिलेख नरहेकोले ५ बर्षदेखि हातहतियार नविकरण नगरेकाहरुले हातहतियार नविकरण गर्न निर्देशन सहितको जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरेको हो ।




सूचनामा ३५ दिन भित्र हातहतियार नविकरण नगरे कानुनी कारवाही अगाडि बढाउने जनाएको छ ।

नवलपुरमा मगर लगायतका समुदायले मौला पूजा लगायतमा हर्कबढाई गर्नका लागि हातहतियार राख्ने प्रचलन छ भने कतिपयले व्यक्तिगत सुरक्षाको लागि भन्दै हातहतियार राखेका छन् ।

हिजो मात्रै नवलपुर प्रहरीले १ जनालाई १ थान बरुवा बन्दुक सहित पक्राउ गरेको थियो ।



सम्बन्धित
Loading...