कावासाेतीमा खाेलामा डुबेर बालककाे निधन

रामकुमार श्रेष्ठ –
नवलपुर – नवलपुरकाे कावासाेतीकाे बाँड खाेलामा पाैडी खेल्ने क्रममा डुबेर १ जना बालककाे निधन भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार तनहूँकाे घिरिङ गाउँपालिका २ माहाेरकाेट घर भई हाल कावासाेती १४ त्रिभुवनटार बस्ने विष्णुविर रानाकाे १५ बर्षीय छाेरा रविन रानाकाे निधन भएकाे हाे ।
आज दिउँसाे १२ बजेतिर गाउँका ५ जना साथीहरूसँग बाँड खाेलामा पाैडी खेल्न गएका राना पाैडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका थिए ।
उनकाे शव खाेलामै आज सवा ३ बजेतिर मृत फेला परेकाे प्रहरीले जनाएकाे छ । बालककाे शव पाेष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल लैजाने तयारी गरिएकाे छ ।