नवलपुरमा १४ बर्षीया बालिका बलात्कारको आरोपमा १७ बर्षीय किशोर पक्राउ

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा १४ बर्षीया बालिका बलात्कारको आरोपमा १ जना १७ बर्षीय किशोर पक्राउ परेका छन् ।
१७ बर्षीय किशोरले १४ बर्षीया बालिकालाई ललाईफकाई जबरजस्तीकरणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको नवलपुर प्रहरीले जनाएको छ ।
बालिकाको आमाले दिएको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।