नारायणी नदीमा शव फेला




भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२७ स्थित नारायणी नदीमा नामथर, वतन नखुलेका एक वृद्ध मानिसको शव फेला परेको छ ।

पानीमा घोप्टो परेको अवस्थामा फेला परेको शवको सनाखत नभएको प्रहरीले जनाएको छ ।




त्यसैगरी भरतपुर महानगरपालिका वडा नं–१८, वसन्त चोकमा स्कुटरको ठक्करबाट तीन पैदलयात्री घाइते भएका छन् ।

पौडेल चोकबाट वसन्त चोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००४ प ८५०९ नम्बरको स्कुटरले बाटोमा हिँडिरहेका पैदलयात्री भरतपुर–१८ बस्ने १० वर्षीय समीर थापामगर, सोही ठाउँ बस्ने ३० वर्षीया शनि थापामगर र २२ वर्षीया देवी थापा घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय जनता केयर अस्पताल चनौलीमा उपचार भइरहेको, स्कुटर नियन्त्रणमा लिइएको र स्कुटर चालक फरार रहेकाले खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...