चट्याङ लागेर एक महिलाको मृत्यु




उदयपुरको रौतामाई गाउँपालिका–७ मा चट्याङ लागेर आइतबार एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी राजन चापागाईंका अनुसार चट्याङले रौतामाई–७ की ५३ वर्षीया चन्द्रिका तामाङ परियारको घटनास्थलमै मृत्यु भएको हो।




डिएसपी चापागाईंले मृतको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट ल्याइएको जानकारी दिए। आइतबार बिहानीपख हावाहुरीसहित चट्याङ परेको थियो। हावाहुरीका कारण आइतबार बिहान विद्युत् सेवासमेत अवरुद्ध भएको थियो।

हवाहुरीले जिल्लाको त्रियुगा, चौदण्डी र बेलका नगरपालिकालगायतका क्षेत्रमा घरमा लगाएको टिनको छानासमेत उडाएको डिएसपी चापागाईंले जानकारी दिए।



सम्बन्धित
Loading...