जन्मदिनमा अक्षयकोष स्थापना



प्रिय धन,
नवलपुर । नवलपुरका पत्रकार प्रकाश रेग्मीले आफ्नो जन्मदिनको अवसरमा एक विद्यालयमा अक्षयकोष स्थापना गरेका छ् ।

मध्यविन्दु नगरपालिकामा रहेको सामुदायिक रेडियो दर्पण एफएम ९९.२ मेगाहर्जमा करिब २ वर्षदेखि कार्यरत रेग्मीले जेठ ८ गते आफ्नो जन्मदिनको अवसरमा मध्यविन्दु ७ अम्रसामा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।



पत्रकार रेग्मीले जन्मदिनको नाममा गरिने भड्किलो खर्चलाई समाजसेवाको क्षेत्रमा लगानी गर्ने ध्येयका साथ आफुले ‘जन्मदिन विशेष अक्षयकोष’ को सुरुवात गरेको बताए ।

उनले तीन हजार रुपैयाँको अक्षयकोष सुरु गरेको र वर्षेनी रकम थप्दै लैजानेसमेत बताए। साथै मध्यविन्दु नगर युवा संजालका सचिव समेत रहेका पत्रकार प्रकाश रेग्मीले सम्पूर्ण युवालाई जन्मदिन वा अन्य कुनै अवसरका नाउँमा गरिने खर्चलाई सकारात्मक स्थानमा लगानी गर्न समेत आग्रह गरे ।

मंगलबार लक्ष्मी आदर्श आधारभूत विद्यालयका प्रधानाध्यापक ऋषिराम भुसाललाई सो रकम हस्तान्तरण गरिएको हो । जन्मदिन विशेष अक्षयकोषको रकम ग्रहण गर्दै प्रधानाध्यापक भुसालले यस प्रकारका कार्यको थालनी गरेकोमा पत्रकार रेग्मीलाई धन्यवाद ज्ञापन गरे ।

भुसालले यस रकमको सही सदुपयोग गर्ने र यस रकममा शिक्षक, विद्यार्थीको जन्मदिनमा गरिने सहयोग पनि मिलाई थप गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रधानाध्यापक ऋषिराम भुसालले अनावश्यक गरिने खर्चलाई शिक्षा क्षेत्रमा लगानी गर्नुले सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।


सम्बन्धित
Loading...