दम्पती मृत फेला, हत्याको आशङ्का




काभ्रे । काभ्रे जिल्लाको महाभारत गाउँपालिका-४ तिनखुट्टेमा दम्पती आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार महाभारत- ४ तिनखुट्टेका ६० बर्षीय मान बहादुर बल र निजकै श्रीमती अन्दाजी ५० बर्षीय केकाई माया बल मृत फेला परेका हुन ।




जस्ताले बारेको जस्ताले नै छाएको घर (टहरामा) श्रीमान मानबहादुर सो घरको पसल कोठामा र श्रीमती केकाई भान्छा कोठामा मृत अवस्थामा फेला परेको ओरहरीले जानकारी दिए । दिउँसो दम्पती मृत अवस्थामा स्थानीयले फेला परेका थिए ।

स्थानीयका अनुसार हतियार प्रयोग गरि हत्या गरेको आशङ्का छ । घटना स्थलबाट प्रहरीले रगत लागेको अवस्थामा अम्बर बरामद गरेका छन । घटना स्थल सुरक्षित राखिएको र इलाका प्रहरी कार्यालय मंगलटार र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली गइ अनुसन्धान थालेको प्रहरीले जानकारी दिए ।

प्रहरीले सोधपुछका लागि ५ जना यातायात मजदुर नियन्त्रणमा लिएको स्थानीयले जानकारी दिए । दम्पतीको हत्या भएको स्थानीयको आशङ्का छ ।



सम्बन्धित
Loading...