नवलपुरमा पाटे बाघ फेरि मृत भेटियो

रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरमा पाटेबाघ फेरि मृत भेटिएको छ ।
नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–२ विनयी खोलाको बगरमा पाटे बाघ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
विनयी खोलामा पानी पिउदै गरेको अवस्थामा बाघ देखिएको र पानी पिएको स्थान भन्दा १०र१२ मिटर हिडे पछि ढलेको स्थानीयले खबर गरेपछी डिभिजन वन र प्रहरीको टोलि घटनास्थलमा पुग्दा बाघ मृत फेला परेको डिभिजन वन कार्यालय कावासोतीका प्रमुख बसन्त केशव अधिकारीले जानकारी दिए ।
बाघको पछिल्लो भागमा जंगली जनावरले टोकेको जस्तो चोट रहेको नवलपुर प्रहरीले जनाएको छ ।
पोथी प्रजातीको मृत बाघलाई घटना स्थलबाट सब डिभिजन वन कार्यालय दुम्किबास लगिएको र बाघको बिहिबार पोस्टमार्टम गरिने अधिकारीले जानकारी दिए ।
नवलपुरमा गएको फागुन यता यो सहित ३ वटा दुर्लभ पाटे बाघ मरेका छ्न ।