नवलपुरमा बोटे, माझी, मुसहर समुदायका लागि १ दिने तालिम





नवलपुर । नवलपुरमा बोटे, माझी, मुसहर समुदायका लागि एक दिने तालिम प्रदान गरिएको छ ।

माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपुरको आयोजना र गैडाकोट नगरपालिकाको सहयोगमा भएको स्थानीय तहको बजेट तर्जुमामा बोटे माझी मुसहर समुदायको मुलप्रभाहिकरण १ दिने तालिम देवचुली १ केउरानीमा रहेको बोटे होम स्टेमा भएको थियो ।


तालिमको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।

राम तामाङ र ज्ञानबहादुर बोटेले प्रशिक्षण दिएको तालिममा नवलपुर भरिका ४० जना बोटे माझी मुसहर समुदायको सहभागिता रहेको थियो ।

तालिमको उद्घाटन शत्रमा पृतम भुजेल, राजेन्द्र बोटे लगायतले शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रम बोटे, माझी, मुसहर कल्याण सेवा समिति नवलपुरका अध्यक्ष सुकराम माझीको अध्यक्षतामा भएको थियो ।




सम्बन्धित
Loading...