नवलपुरमा २४ घण्टामा पनि पूर्ण रुपमा खुलेन सडक, राति पानी परे फेरि अवरुद्ध हुनसक्ने




कावासोती । नवलपुरमा गएराति पौने ९ बजेबाट अवरुद्ध भएको सडक अझै पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।

नवलपुरको दाउन्नेमा गएराति पौने ९ बजेबाट सडक अवरुद्ध भएको हो भने गैडाकोटको थुम्सीमा राति २ बजेदेखि सडक अवरुद्ध भएको हो ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैडाकोट र दाउन्ने दुवै स्थानमा एकतर्फी मात्र यातायात सञ्चालनमा रहेको छ ।

बुटवल नारायणगढ सडक विस्तारको क्रममा ठाउँठाउँमा सडक भत्काएर नयाँ सडक कालो पत्रे नगरेका कारण यस्तो ठाउँमा समस्या आएको हो ।

नवलपुर प्रहरीले रातिको समय अत्यावश्यक काम बाहेक यात्रा नगर्न यात्रुहरुलाई आग्रह गरेको छ ।

थुम्सीमा रहेको पुलको पहुच मार्ग भासिए पछि सडक अवरुद्ध हुँदा हजारौं यात्रुले सास्ती भोगेका छ्न ।

भासिएको स्थानमा ग्रयाबेल हालेर सडक एकतर्फी सन्चालन गरिएको भए पनि त्यही फसेको एउटा ट्रक निकाल्न नसक्दा बाटो दोहोरो सन्चालनमा आउन नसकेको हो ।

टायल लोड भएको बा.प्र. ०३(००१ ख(०९६१ ट्रक भासिएको ठाउँमा फसेको हो । फसेको ट्रकमा टायल लोड भएकाले निर्माण कम्पनी सँग भएको क्रेनले ट्रक निकाल्न नसकेको निर्माण कम्पनी चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनका प्रतिनिधि हिमाल पौडेलले बताए । फसेको ट्रकमा काठमाडौ लैजादै गरिएको २५ टन बाटोमा लगाउने टायल रहेको र त्यो अनलोड नगर्दा सम्म ट्रक निकाल्न नसकिएको पौडेलले बताए ।

सामान अनलोडका लागि बिहानै आउने भनिएको क्रेन बल्ल दाउन्ने पार भएको ट्रक धनी रमेश श्रेष्ठले बताए । दाउन्नेको जामले क्रेन ल्याउन ढिलाई भएको ट्रक धनी बताउछ्न । सामान्य गाडी उठाउने क्रेनले सामान निकाल्दा क्षतिपुग्ने भन्दै ट्रक धनिले आफै क्रेन ल्याउने बताए पनि क्रेन अहिलेसम्म नआईपुगेको हो ।

एउटा ट्रकका कारण यात्रुले दुख पाउदा समेत निर्माण कम्पनी, आयोजना निर्देशनालय र नवलपुर प्रशासन भने मौन देखिएको छ । ट्रक फसेको भन्दा उत्तर पट्टी बाट डाईभरसन बनाउन सुरु गरिएको डाईभर्सन तयार हुन २÷३ घण्टा अझै लाग्ने निर्माण कम्पनीका प्रतिनिधि पौडेलले बताए ,

बाटोमा समस्या नभए अबको ३ घण्टा जतिमा क्रेन आएर काम सुरु गर्ने नवलपुर प्रहरीले जनाएको छ ।

आज राति पुन पानी परे बाटो पुन अवरुद्ध हुने सम्भावना पनि उत्तिकै छ ।



सम्बन्धित
Loading...