नवलपुरका दुर्घटनाः ३ जना घाइते





नवलपुर । नवलपुरमा भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति कावासोती ८ इन्द्र चोकमा स्कुटीले पैदल यात्रीलाई ठक्कर दिंदा २ जना घाइते भएका छन् ।


लु ४४ प ६१२५ नम्बरको स्कुटीको ठक्करबाट कावासोती ३ बस्ने ४४ बर्षीय बेलमती बाचे र अर्का ५५ बर्षीय पुरुष घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।

त्यसैगरी गएराति नवलपुरको बौदीकाली २ गुरौटारमा पिकअफ गाडीको ठक्करबाट १ जना घाइते भएका छन् ।

लु १ च ६२५५ नम्बरको पिकअफको ठक्करबाट बौदीकाली २ बस्ने ५६ बर्षीय गुनबहादुर सुनार घाइते भएका हुन् । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।




सम्बन्धित
Loading...