गर्मीका कारण नवलपरासीको ४ वटा पालिकामा विद्यालय बन्द




रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा गर्मीका कारण विद्यालय बन्द गरिएको छ ।

बर्दघाट नगरपालिकाले बुधबार सूचना जारी गरी बर्दघाटमा विहीबार र शुक्रबार दुई दिन बर्दघाट नगरपालिका भित्रका सबै शैक्षिक संस्था बन्द गरिएको जनाएको छ ।



त्यसैगरी पश्चिम नवलपरासीकै सरावल गाउँपालिकामा पनि ३ दिन विद्यालय बन्द गरिएको छ । विहीबार, शुक्रबार र आइतबार गरी ३ दिन गर्मीका कारण विद्यालय बन्द गरिएको हो ।

सरावल गाउँपालिकाले जारी गरेको सूचनामा तराईमा खास गरी गर्मीका कारण तातो हावा र लु लाग्ने गरेकोले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी जेठ १७ देखि २० गतेसम्म विद्यालय बन्द गरिएको जनाइएको छ ।

त्यसैगरी प्रतापपुर गाउपालिकाले बुधबारदेखि शुक्रबारसम्म गरी ३ दिन विद्यालय बन्द गरेको छ ।
गर्मीका कारण ३ दिन विद्यालय बन्द गरिएको र आइतबार २० गतेबाट विहानी शत्रका कक्षा सञ्चालन गर्ने तयारी भईरहेको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश यादबले बताए ।

त्यसैगरी पश्चिम नवलपरासीको सदरमुकाम रहेको रामग्राम नगरपालिकाले जेष्ठको विहीबार र शुक्रबार दुई दिन नगरपालिका भित्रका विद्यालय विदा गरिएको सूचना जारी गरेको छ ।


सम्बन्धित
Loading...