कार दुर्घटनामा ३ जनाको मृत्यु, २ जना घाइते

१६ जेठ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा भएको कार दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
दुर्घटनामा २ जाना घाइते भएका छन् । उनीहरुको अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा एकजना बालिका सहित दुईजना पुरुष रहेका छन् । उनीहरुको पहिचान खुल्न बाँकि रहेको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी घण्डारीले जानकारी दिए ।
उनका अनुसार काठमाण्डौबाट हेटौँडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफै अनियन्त्रित भएर सडकबाट करिब २५० मिटर तल खोल्सामा खसेको थियो ।
यस्तै दुर्घटनामा घाइते २ जना महिलाको हेटौँडा स्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको पनि पहिचान खुल्न बाँकि रहेको प्रवक्ता भण्डारीले जानकारी दिए ।