नवलपुरमा माछा मार्ने क्रममा नारायणीमा डुबी मृत्यु

रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरमा नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैडाकोट नगरपालिका १४ बेलटाडी निवासी २८ बर्षीय सुनिल राना मगरको निधन भएको हो ।
गएराति नारायणी नदीमा माछा मार्न गएका राना मगर गैडाकोट १६ दोभानघाट स्थित नारायणी नदीमा मृत फेला परेका छन् ।
उनी हिजो विहान ९ बजे माछा मार्न भनि घरबाट निस्केरको र राति अबेरसम्म नआएपछि खोजी गर्ने क्रममा नारायणी नदीमा मृत फेला परेका हुन् ।
उनी छारे रोगको विरामी रहेको र नियमित औषधि सेवन गर्ने गरेको समेत खुल्न आएको छ ।