बुबाको हत्या गरी फरार रहेका युवक पक्राउ




इलाममा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन्।

इलामको माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका उनका छोरा ३५ वर्षीय रामबहादुर राई शुक्रबार पक्राउ परेका हुन्।




रामबहादुरलाई माई नगरपालिका–१० ढोडेनी जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए।

‘उनीमाथि थप अनुसन्धान सुरु गरेका छौँ,’ डिएसपी जवेगुले भने।

घरायसी विवादमा रामबहादुरले बुबा दिलबहादुरलाई चिर्पटले हिर्काएर गम्भीर घाइते बनाएका थिए।



सम्बन्धित
Loading...