काठमाडौंको गेस्टहाउसबाट ७२ लाखसहित २ जना पक्राउ




काठमाडौं । काठमाडौं महानगरपालिका–७ स्थित एक गेस्टहाउसबाट ७२ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुरको पौवा डुग्मा घर भई न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र सोही ठाउँका २९ वर्षीय खेमराज विश्वकर्मा छन् ।




हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई ७२ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

काठमाडौं–७ को लुम्बिनी खाजा घर एण्ड गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

बरामद रकमको अहिलेसम्म उनीहरुले स्रोत खुलाउन सकेकाले हुण्डीको कारोबारको रकम भएको आशंका प्रहरीले गरेको छ ।



सम्बन्धित
Loading...