नारायणी नदीमा अवैध उत्खनन गर्ने ४ वटा टिप्पर नियन्त्रणमा
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुर जिल्लामा नारायणी नदीमा अवैध उत्खनन गर्ने ४ वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट १ थुम्सीमा नारायणी नदीबाट भ्याट बिल विना नदीजन्य वस्तु निकासी तथा ओसारपोसार गरेको भन्ने सूचनाको आधारमा प्रहरीले ४ वटा टिप्पर नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय गैडाकोटको टोलीले उक्त टिप्पर नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि गैडाकोट नगरपालिकाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
हिजो पनि गैडाकोट प्रहरीले ६ वटा टिप्पर नारायणी नदीबाट नियन्त्रणमा लिएको थियो ।