घरको छतबाट खसेर घाइते


तुलसीपुर, २२ जेठ ।
दाङमा छतबाट खसेर एक ब्यक्ती गम्भीर घाइते भएका छन् ।



सोमबार राति पौने १२ बजेतिर मापसे गरेर घरको छतमा बसेका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्याउली बजार का ३३ बर्षीय बिजय बुढामगर खसेर घाइते भएका हुन् ।

आफ्नै घरको १ तला माथि छतमा बसिरहेको अबस्थामा खस्दा ढाड र दाँया गालामा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।




उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि नर्सिङ होम नेपालगञ्ज लगिएको छ ।



सम्बन्धित
Loading...