सर्पले डसेर एक जनाको मृत्यु


कैलालीमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ ।




जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्दगोरिया गाउँपालिका–३ का रानीकुण्डा बस्ने १० वर्षीया दिपेश साउँदको मृत्यु भएको हो ।

दिपेशलाई २५ गते राति घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो । २६ गते राति ३ बजेमात्रै सर्पको टोकाईको असर बालकमा देखा पर्न थाल्यो । परिवारले उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्‍याएका थिए । शनिबार उपचारकै क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।





सम्बन्धित
Loading...