गर्मीका कारण कावासोतीका विद्यालय ३ दिनलाई बन्द


 




कावासोती । गर्मीका कारण नवलपुरको कावासोतीका विद्यालय ३ दिनलाई बन्द गरिएको छ ।

 

कावासोती नगरपालिकाले आज सूचना जारी गरी गर्मीका कारण पठनपाठनमा सकस भएको भन्दै कावासोती नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय आजदेखि ३ दिनलाई विदा गरिएको जनाएको छ ।

 


त्यसैगरी आजैदेखि मध्यविन्दु नगरपालिकाका विद्यालयहरु पनि ३ दिनका लागि विदा गरिएको छ ।

 




सम्बन्धित
Loading...