विनयी त्रिवेणी गाउँपालिकामा नेपाल आदिवासी जनजाति महासंघको नयाँ समिति गठन
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा नेपाल आदिवासी जनजाति महासंघको नयाँ समिति गठन भएको छ ।
चित्रबहादुर थापा मगरको अध्यक्षतामा नेपाल आदिवासी जनजाति महासंघ पालिका समन्वय परिषदको नयाँ समिति गठन भएको निर्वाचन मण्डलका संयोजक चुडाबहादुर आले मगरले बताए ।
त्यसैगरी समितिको उपाध्यक्षमा पृतम गुरुङ, सचिवमा कृष्णमान श्रेष्ठ, सहसचिवमा आका भुजेल र सदस्यहरुमा कृष्ण तामाङ, कृष्णबहादुर दराई र तिलक चौधरी चयन भएका छन् ।
सर्वसम्मत रुपमा निर्वाचित नयाँ समितिलाई सपथ ग्रहण समेत गराइएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरका उपाध्यक्ष रिम दराईले बताए ।