मजदुर मृत्युको घटनाले कावासोती तनाबग्रस्त, ४ जना प्रहरी घाइते, ३० राउण्ड बढी अश्रुँग्याँस प्रहार


रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा नाला निर्माणको क्रममा पुरिएर मजदुरको मृत्यु भएको घटनालाई लिएर कावासोती तनाब ग्रस्त भएको छ ।



प्रहरी र स्थानीयबीच झडप भएको छ । प्रदर्शनकारी र प्रहरी बीच पटक पटक झडप भएको छ भने प्रहरीले स्थितिले नियन्त्रणमा लिन अहिलेसम्म २५ राउण्ड बढी अश्रँुग्याँस प्रहार गरेको छ । प्रहरीले प्रहार गरेको अश्रुग्याँस मध्ये १ तिहार अश्रुग्याँसले मात्र काम गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार अहिलेसम्म ३० राउण्ड बढी अश्रुग्याँस प्रहार भएको छ । प्रदर्शनकारीको आक्रमणमा परी ४ जना प्रहरी घाइते भएको उनले बताए ।




त्यसैगरी प्रदर्शनकारीको आक्रमणबाट पत्रकार कल्पना कुँवर, स्थानीय संजय श्रेष्ठ पनि घाइते भएका छन् ।

त्यसैगरी प्रदर्शनकारीले कावासोती नगरपालिका र नगर प्रमुख विष्णु प्रसाद भुसालको घर तोडफोड गरेका छन् ।

यसैबीच नगरपालिकामा पीडित पक्ष, सरोकारवाला र नगरपालिकाबीच छलफल चलिरहेको छ ।

मृतकका परिवारलाई क्षतिपूर्ति दिनु पर्ने, दोषीलाई कारवाही गर्नु पर्ने, मृतकका परिवारका आफन्तलाई रोजगारीको व्यवस्था गर्नु पर्ने लगायतका माग राखेका छन् ।

MVI_8473

प्रदर्शनको क्रममा भ्रष्ट नगरप्रमुख राजिनामा दे, नगरप्रमुख मुर्दाबाद, दोषीलाई कारवाही गर जस्ता नारा लगाएको थिए ।

यसैबीच कावासोती नगरपालिकाले आज ३ जना मदजुरको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक विदा दिएको छ ।

यता नेपाली काँग्रेस कावासोतीले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि छानविन गर्न माग गरेको छ ।



सम्बन्धित
Loading...