क्याम्पस प्रमुखको गोली हानी हत्या, शंकास्पद २ जना पक्राउ


अज्ञात समूहले हानेकाे गोली लागेर गम्भीर घाइते हुनुभएका राजाराम मोहन बिक्रम बहुमुखी क्याम्पस कलैयाका प्रमुख हरिभुषणप्रसाद कुशवाहाको उपचारको क्रममा मृत्यु भएको छ ।



शुक्रबार साझ करिब साढे ५ बजे आदर्श कोतवाल गाउँपालिका ३ बातरा टोल हुँदै मोटरसाइकलमा कलैया आउने क्रममा अज्ञात समूहले पिठ्यूमा गोली हानी गम्भीर घाइते बनाएको थियो।

बाराको राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहार गरी हत्या गरिएको प्रकरणमा प्रहरीले दुई जना शंकास्पदलाई पक्राउ गरेको छ ।




पक्राउ पर्नेको संलग्नता यकिन गर्ने काम भइरहेको भन्दै प्रहरीले नाम खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख सुरेश काफ्लेले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पुष्टि गरेका छन् ।



सम्बन्धित
Loading...