त्रिवेणी पुलबाट नारायणी नदीमा खस्दा १ जना बालिकाको निधन

रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणी स्थित गण्डक ब्यारेज पुलबाट नारायणी नदीमा खसेर एक जना बालिकाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी निवासी चन्दन गुप्ताकी १३ बर्षीया छोरी आँचल गुप्ताको नारायणी नदीमा डुबेर निधन भएको हो ।
पुलमा खेल्ने क्रममा उनी एक्कासी नदीमा खसेका थिए । उनको स्थानीय र प्रहरीले उद्दार गरी उपचारका लागि भारतको सुरबी मेडिकल कियरमा लगिएकोमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
बालिकाका बुवाले बालिकाको शव पोष्टमार्टम गर्न नपर्ने भनेपछि मृतकका परिवारले शव बुझेर दाहसंस्कारका लागि लगेको प्रहरीले जनाएको छ ।