महाविर पुन किताब बेच्दै कावासोतीमा, अहिलेसम्म एक लाख प्रति पुस्तक विक्री

वैज्ञानिक तथा सामाजिक अभियान्ता डा. महावीर पुन आज पुस्तक बेच्दै कावासोती आइपुगेका छन् । उनी एक सातादेखि नवलपुरमा छन् । दुम्किबास, अरुणखोला, चोरमारा, हुप्सेकोट हुँदै उनी कावासोती आइपुगेका हुन् ।
आफ्नै जीवनीमा आधारित ‘महावीर पुन’ नामक किताब बेच्न उनी नवलपुरको कावासोती पुगेका हुन्।
उनले केही दिन अघि १ लाख पुस्तक विक्री भइसकेको तथ्यांक सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए । उनले प्रति किताब ७ सय रुपैयाँमा बिक्री गरिरहेका छन्।
वीरगञ्जमा कृषि औजारको कारखाना स्थापना गर्ने उद्देश्यले रकम संकलनका लागि उनले पुस्तक विक्री गर्दै हिडेका छन् । ३ लाख पुस्तक विक्री गर्ने उनको लक्ष्य रहेको छ ।
कावासोतीमा उनलाई स्थानीय युवा र जनजाति अगुवाहरुले पुस्तक विक्रीका लागि सघाइरहेका छन् ।
आजको तालिका
बिहान ७ बजे कुमारवर्ती कलेज अगाडि ,सफल बेकरी अगाडि
बिहान ७:४५ बजे देखि इन्द्रचोक ग्यालेक्सी कोरियन पाठशाला
विहान ८:३० बजे फलफुल चोक ,रेडक्रस अगाडि
विहान ९ :३० बजे कावासोती खानेपानी नगरपालिका अगाडि
विपि चोक १०:१५ बजे देखि ११ बजे
पन्चकन्या चोक ११ बजे देखि ११:४५ सम्म
११:४५ देखि १२:३० सम्म नवदुर्गा चोक भाट्टोला
१२:३० बजे देखि १:१५ सम्म कालिका माबी चोक
१:१५ देखि २ बजे सम्म विस्णुनगर चोक कावासोती ६
२ बजे देखि ३ बजे सम्म कोइलापानी चौपारी चोक
३ बजे देखि ३:४५ सम्म लुम्बिनी चोक कावासोती १
३:४५ देखि ४:३० बजे सम्म जनकल्याण मावी रिठेपानी
४:३० बजेदेखी ६: ०० बजे सम्म डन्डा बजार
थकाली चोक ६ बजे देखि ७ बजे सम्म